काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका स्वतन्त्र सञ्चालक दिगम्बर झा को राजीनामा स्वीकृत भएको छ । चैत ७ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले झा को राजीनामा स्वीकृत गर्ने निर्णेय गरेको हो ।
उनको राजीनामा फागुन २० गतेदेखि लागू हुनेगरी स्वीकृत भएको कम्पनीले जनाएको छ ।
झाले आफ्नो व्यक्तिगत कारणले पदिय जिम्मेवारीलाई निरन्तरता दिन नसक्ने भन्दै गत फागुन २० गते राजीनामा दिएका थिए ।