काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिले कम्पनीका संस्थापक तथा सर्वसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने चार जना सञ्चालकको राजीनामा स्वीकृत गरेको छ।
कम्पनीको असार १९ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक सौरभ दुगड (संस्थापक समूह), प्रमिला केसी, सचिन आचार्य तथा आशिष ढकाल (सर्वसाधारण सेयरधनी समूह) ले पेश गरेको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो।
कम्पनीका अनुसार उक्त निर्णय सम्बन्धित नियामक निकायलाई जानकारी गराइएको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।