काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृति (सीइओ) मनोज कुमार लाल कर्णको तलब भत्ता १४.८७ प्रतिशतले घटेको छ ।
सीईओ कर्णले चालु आव २०७९/८० का लागि ९४ लाख ४० हजार ५०८ रुपैयाँ तलब भत्ता बुझेका छन् । जुन यो सो भन्दा अघिल्लो आवको तुलनामा १६ लाख ४९ हजार रुपैयाँ कम हो । आव २०७८/७९ मा सीईओ कर्णले १ करोड १० लाख ९० हजार रुपैयाँ तबल बुझेका थिए ।
कम्पनीले प्रिभेलिङ प्रोभिजनमा उनको लागि ५ लाख ५४ हजार रुपैयाँ छुट्याइदिएको छ । जुन यो आव २०७८÷७९ को तुलनामा १० प्रतिशत बढी हो । उक्त आवमा कम्पनीले सो शिर्षकमा ५ लाख ४ हजार रुपैयाँ छुट्याएको थियो ।
प्रिभेलिङ प्रोभिजनअन्तर्गत कम्पनीका कर्मचारीले सामाजिक सुरक्षा अन्तर्गत पेन्सन स्किम तथा हेल्थकेयर बेनिफिटहरु प्राप्त गर्न कम्पनीले प्रोभिजनमा रकम छुट्याइदिएको हुन्छ ।
साथै जीवन बीमा कम्पनीमा कार्यरत माथिल्लो तहका कर्मचारीलाई जीवन बीमाको समेत सुविधा रहेको हुन्छ । सीइओ कर्णलाई उक्त आवमा जीवन बीमा सुविधावापत १ लाख १३ हजार रुपैयाँ छुट्याइदिएको छ । यो रकम पनि आव २०७८/७९ को तुलनामा ३५.०९ प्रतिशत कम हो ।