काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा हिमालयन लाइफ इन्स्योरेन्सको म्युचुअल फण्ड सूचीकृत भएको छ । हिमालयन लाइफ इन्स्योरेन्स म्युचुअल फण्ड अन्तर्गतको ‘एचएलआई लार्ज क्याप फण्ड’ सूचीकृत भएको हो ।
नेप्से र हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडबीच प्रतिइकाई मूल्य १० रुपैयाँ दरको कुल ५० करोड इकाई सूचीकरण गर्ने सम्झौता भएको हो । सम्झौतापश्चात् नेप्सेमा ‘एचएलआईसीएफ’ सिम्बोलबाट कम्पनीको फण्ड सूचीकृत भएको छ ।
कम्पनीले सर्वसाधारण समक्ष हिमालयन इन्भेष्टमेन्ट बैंकर लिमिटेडमार्फत सामूहिक लगानी कोष इकााई खुल्ला बिक्री आह्वान गरेको थियो । कम्पनीको फण्ड भोलिदेखि नै नेप्सेमा कारोबारमा आउनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                