बुधबार, श्रावण ६,२०८३ 07:48:18
Bizshala
  • बुधबार, श्रावण ६,२०८३ 07:48:18
Bizshala
Global IME Bank Limited

हालसम्म १९ कम्पनीले गरे लाभांश घोषणा, १३ को बुकक्लोज हुन बाँकी

हालसम्म १९ कम्पनीले गरे लाभांश घोषणा, १३ को बुकक्लोज हुन बाँकी
New Office

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न सुरु गरेका छन् । विशेषगरी सेयरबजारका लागि असोज र कात्तिक महिना लाभांश घोषणाको सिजन मानिन्छ ।  

हालसम्म १९ वटा सूचीकृत कम्पनीले गत आवको सञ्चित मुनाफाबाट लाभांश घोषणा गरिसकेका छन् । कम्पनीहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाको केही प्रतिशत रकम वितरणयोग्य मुनाफाको लागि छुट्याएका हुन्छन्, सोही आधारमा नै हालसम्म १९ कम्पनीले आफ्ना सेयरधनीहरुका  लागि लाभांश प्रस्ताव गरेका हुन् ।  

लाभांश घोषणा गर्नेमा सबैभन्दा बढी बैंक तथा वित्तीय संस्था छन् । हालसम्म ११ बैंक तथा वित्तीय संस्थाले गत आवको मुनाफाबाट लाभांश प्रस्ताव गरेका छन् । जसमा एभरेष्ट बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, सिटिजन्ट इन्टरनेशनल बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कामना सेवा विकास बैंक, मन्जुश्री फाइनान्स, गुराँस लघुवित्त, आरएसडीसी लघुवित्त र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड रहेका छन् ।  

त्यस्तै, हाइड्रो समूहबाट भगवती हाइड्रोपावर, सिकलेस हाइड्रोपावर, मिड सोलु हाइड्रोपावर, युनिभर्सल पावर कम्पनी र अरुण भ्याली हाइड्रोपावर रहेका छन् ।  

यसका साथै उत्पादन तथा प्रशोधन समूहबाट नेपाल ल्युब आयल र युनिलिभर नेपाल लिमिटेड र लगानी समूहबाट हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेड रहेका छन् ।  

गत आवको मुनाफाबाट सबैभन्दा धेरै लाभांश प्रस्ताव गर्ने कम्पनीमा नेपाल ल्युव आयल रहेको छ । यो कम्पनीले २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  

सबैभन्दा थोरै लाभांश दिने कम्पनीमा सिटिजन्स बैंक रहेको छ । यो बैंकले जम्मा ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश मात्रै प्रस्ताव गरेको छ ।

लाभांश घोषणा गरेका १९ कम्पनीमध्ये ६ कम्पनीको बुकक्लोज भइसकेको छ भने बुकक्लोजको मिति तोकिसकेका ४ कम्पनीको बुकक्लोज हुन बाँकी छ । साथै ९ कम्पनीले भने हालसम्म पनि बुकक्लोजको मिति तोकिसकेको छैन । यसर्थ अझै १३ कम्पनीको सेयर किन्दा लाभांश पाउन सकिनेछ ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.