काठमाण्डौ । मुक्तिनाथ विकास बेंक लिमिटेडले सेयरधनीहरुलाई दशैंं उपहार स्वरुप लाभांश घोषणा गरेको छ । भदौ ३१ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले गत आवका लागि सेयरधनीहरुलाई सञ्चित मुनाफाबाट हाल कायम रहेको चुक्तापूँजीको १८.२० प्रतिशत लाभांश प्रदान गर्ने घोषणा गरेको हो ।
कुल लाभांशमा १३.५३ प्रतिशत बोनस सेयर र ४.६७ प्रतिशत नगद लाभांश(कर समेत) रहेका छन् ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।