मंगलवार, आश्विन १४,२०८२ 08:33:52
IME remit
  • मंगलवार, आश्विन १४,२०८२ 08:33:52
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजनाः नवीन र आकर्षक विशेषताले भरिपूर्ण

Hyundai Nepal
ग्लोबल आइएमई बैंकको ‘गोल बेस्ड सेभिङ्ग’ योजनाः नवीन र आकर्षक विशेषताले भरिपूर्ण
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले लक्ष्य निर्धारण गरी लक्ष्य अनुसारको रकम बचत गर्न सक्ने ‘गोल बेस्ड सेभिङ्ग’ योजना सार्वजनिक गरेको छ ।  

यस योजनामा ग्लोबल आइएमई बैैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको सजिलैसँग वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यो योजनामा ग्राहकहरुले न्यूनतम् ५० हजार रुपैयाँदेखि अधिकतम् ५ लाख रुपैयाँसम्मको लक्ष्य रकम बचत गर्न सक्नेछन् ।  

यस योजनामा आफ्नो लक्ष्य र उक्त लक्ष्य प्राप्तिको लागि आवश्यक रकम निर्धारण गरी बचतको अवधि न्यूनतम् ६ महिना देखि अधिकतम् २ वर्षसम्मको लक्ष्य राख्नुपर्ने हुन्छ ।  

ग्राहकले आफ्नो निर्धारित लक्ष्य प्राप्त गर्न मासिक कति पैसा बचत गर्नुपर्ने हो, कति व्याजदर प्राप्त गर्ने हो र उक्त लक्ष्य कति समयमा पुरा हुन्छ भन्ने जानकारी मोबाइलबाटै प्राप्त गर्न सक्नेछन् ।

यस योजनामा मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले विभिन्न शीर्षकमा समेत बचत सुरुवात गरी भविष्यमा गर्नुपर्ने आफ्ना योजनाहरुको वित्तीय व्यवस्थापन गर्न सक्नेछन् ।

मासिक आवश्यक रकम सिधै प्राथमिक बचत खाताबाट राख्ने वा आफैले तोकिएको मितिमा मासिक आवश्यक रकम राख्ने भन्ने विकल्प पनि हुन्छ । साथै ग्राहकले आफुले इच्छाईएको रकम समेत ‘गोल बेस्ड सेभिङ्ग’ मा टप अप गर्न सक्नेछन् ।  

उक्त योजनामा राउण्डअप सेभिङ्गको सुविधा पनि रहेको छ । राउण्डअप सेभिङ्ग अन्तर्गत ग्राहकले हरेक मर्चेन्ट क्यूआर भुक्तानी गर्दा कति पैसा उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने सुविधा समेत पाउनेछन् ।  

यस राउण्डअप सेभिङ्गमा नियरेस्ट टु, फ्ल्याट र प्रतिशत गरी तीन फरक विकल्पहरु रहेका छन् । यस राउण्डअप सुविधा ग्राहकले आफनो आवश्यकता अनुरुप सक्रिय तथा निस्किृय गर्न सक्नेछन् । साथै विकल्पहरु पनि आवश्यकता अनुरुप परिवर्तन गर्न सक्नेछन् ।

नियरेस्ट टु छनौट गर्दा कतिको नजिकको रकम छनौट गर्ने भनेर उल्लेख गर्नुपर्ने हुन्छ । उदाहरणको लागि २२४ रुपैयाँ मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा २५ मा सेट गरिएको छ भने १ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ र ३० मा सेट गरिएको छ भने ६ रुपैयाँ निर्धारित लक्ष्य योजनामा बचत हुन्छ ।  

फ्ल्याट रकम विकल्पमा छनौट गर्दा हरेक कारोबारमा कति रकम उक्त निर्धारित लक्ष्य योजनामा बचत गर्ने भन्ने हुन्छ । जस्तै १०० रुपैयाँ फ्ल्याट रकम विकल्पमा छनौट गरिएको छ भने हरेक मर्चेन्ट क्यूआरमा भुक्तानी गर्दा १०० रुपैयाँ उक्त निर्धारित लक्ष्य योजना बचत हुनेछ ।  

प्रतिशत विकल्प छनौट गर्दा हरेक क्यूआर भुक्तानीको रकममा निर्धारित प्रतिशत रकम उक्त लक्ष्य योजनामा बचत हुनेछ । जस्तै १० प्रतिशत छनौट गरिएको छ भने २०० रुपैयाँको  क्यूआर भुक्तानी गर्दा २० रुपैयाँ उक्त लक्ष्य योजनामा बचत हुन्छ ।  

उक्त निर्धारित लक्ष्य योजनाको बचत रकममा बैंकले उच्चतम् ब्याजदर प्रदान गर्नेछ ।  

यस योजनाअन्तर्गत बचत गर्नको लागि बैंकको मोबाईल बैंकिङ्ग प्रयोगकर्ताले आफ्नो मोबाईल बैंकिङ्ग एप ग्लोबल स्मार्ट प्लसमार्फत् सिधै बचत गर्न सक्नेछन् । साथै उक्त योजना आवद्ध भएका ग्राहकले निर्धारित समय अगावै यस खाता बन्द गर्नसमेत सक्नुहुनेछ । साथै, यस योजनाको सम्पूर्ण प्रक्रिया आफैले मोबाईल बैंकिङ्गबाट संचालन गर्न सकिनेछ ।  

आफनो ‘गोल बेस्ड सेभिङ्ग’ को सम्पूर्ण कारोवारको विवरण ग्राहकले ग्लोबल स्मार्ट प्लस मार्फत् हेर्न सक्ने सुविधा समेत रहेको छ ।

ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ र २०२५ तथा युरो मनी अवार्ड फर एक्सलेन्स २०२४ अन्तर्गत दुई विधामा नेपालको सर्वश्रेष्ठ बैंक, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५ मा बेष्ट बैंकको रुपमा सम्मानित बैंक हो ।  

Nabil Bank Limited
New Office
IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.