काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडकी स्वतन्त्र सञ्चालक भागीरथी भट्टराई ज्ञवालीको राजीनामा स्वीकृत भएको छ । बैंकको चैत ६ गते बसेको सञ्चालक समितिको बैठकले उनको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।
ज्ञवालीको राजीनामा फागुन २८ गतेदेखि लागू हुनेगरी स्वीकृत भएको बैंकले जनाएको छ । नेपाल सरकार मन्त्रीपरिषदको फागुन २६ गतेको बैठकको निर्णयनुसार विद्युत नियमन आयोगको सदस्यमा नियुक्त भएसँगै ज्ञवालीले बैंकको स्वतन्त्र सञ्चालक पदबाट राजीनामा दिएकी थिइन् ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।