काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ३५ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा ग्लोबल आइएमई बैंक लिमिटेडको ३५ लाख ७७ हजार १०५.९६ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकले गत आर्थिक वर्षका लागि १ प्रतिशत बोनस सेयर र ८ नगद लाभांश गरी कुल ९ प्रतिशत लाभांश घोषणा गरेको थियो । सोहि १ प्रतिशत बोनस सेयर नेप्सेमा आज सूचीकृत भएको हो ।
यससँगै उक्त सेयरहरु भोलिदेखि दोस्रो बजार कारोबारमा आउनेछन् ।