काठमाण्डौ । ग्लोबल आइएमई बैंकका स्वतन्त्र सञ्चालक देवेन्द्र प्रताप शाहको कार्यकाल समाप्त भएको छ । शाहको ४ वर्षे कार्यकाल प्रचलित कानूत तथा बैंकको नियमावली बमोजिम समाप्त भएको बैंकले जनाएको छ ।
शाह २०७६ माघ २४ गते बैंकको स्वतन्त्र सञ्चालकमा चयन भएका थिए ।
शाहले ३६ वर्षभन्दा बढी समय वित्त क्षेत्रमा व्यतित गरेका छन् । उनी नेपाली बैंकिङ क्षेत्रका एक अग्रेणी व्यक्ति हुन् ।चाटर्ड अकाउन्टेन्ट शाहले कृषि विकास बैंक र नेपाल बैंक लिमिटेडको सीईओको रुपमा काम गरेका थिए । यसका साथै उनी तत्कालिन बीमा समितिको कार्यकारी अध्यक्ष समेत रहेका थिए ।