शुक्रबार, चैत्र २०,२०८२ 09:43:11
Bizshala
  • शुक्रबार, चैत्र २०,२०८२ 09:43:11
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% ले बढ्यो, वितरणयोग्य मुनाफा ३.५४अर्ब

Bizshala
ग्लोबल आइएमई बैंकको नाफा ३७.१२% ले बढ्यो, वितरणयोग्य मुनाफा ३.५४अर्ब
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंकले चालु आवको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार बैंकको खुद नाफा ३७.१२ प्रतिशतले बढेको छ । बैंकले चालु आवको तेस्रो त्रैमाससम्ममा ४ अर्ब ५३ करोड रुपैयाँबराबरको खुद नाफा कमाउन सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको खुद नाफा ३ अर्ब ३० करोड रुपैयाँमा सीमित थियो ।  

बैंकले समीक्षा अवधिसम्म १२ अर्ब ३१ करोड रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५.४६ प्रतिशतले कम हो । बैंकको खुद सञ्चालन आम्दानी ३९.१५ प्रतिशतले बढेर १२ अर्ब ४२ करोड रुपैयाँ पुगेको छ ।  

CG Motors
New Office
Laxmi Sunrise Bank Limited

अघिल्लो आवको तेस्रो त्रैमाससम्म ५० करोड ६७ लाख रुपैयाँ रहेको रिटेन्ड अर्निङको आकार बढेर ३ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ । बैंकको रिजर्भको आकार २४ अर्ब ७७ करोडबाट घटेर २४ अर्ब ४५  करोड रुपैयाँमा सीमित बनेको छ । इम्पेयरमेन्ट चार्जका लागि ३ अर्ब ११ करोड रुपैयाँ छुट्टाएको बैंकको खराब कर्जा अनुपात ४.९८ प्रतिशत रहेको छ ।  

यस्तै बैंकको वितरणयोग्य मुनाफा ३ अर्ब ५४ करोड रुपैयाँ रहेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने बैंकको वितरणयोग्य मुनाफा ४२ करोड ३१ लाख रुपैयाँले ऋणात्मक अवस्थामा थियो । बैंकको वितरणयोग्य प्रतिसेयर आम्दानी १२.०४ रुपैयाँ रहेको छ । 

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी १५.८६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १७३.४७ रुपैयाँ, मूल्य आम्दानी अनुपात १३.७९ गुणा, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ७०९.२० र तरलता अनुपात ३३.०३ प्रतिशत कायम भएको छ ।  

Global IME Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala
NEWS

हवाई भाडा बढ्यो

12 घण्टा अगाडी

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.