बुधबार, चैत्र २०,२०८१ 02:05:22
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 02:05:22
IME remit
Global IME Bank Limited

ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

Hyundai Nepal
ग्लोबल आइएमई बैंकले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Nabil Bank Limited

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले वार्षिक साधारण सभाको मिति र स्थान तय गरेको छ । बैंकको कात्तिक १४ गते बसेको सञ्चालक समितिको बैठकले १८ औं साधारण सभा आह्वान गरेको हो ।  

उक्त सभा मंसिर २७ गते काठमाण्डौको कमलादीमा रहेको नेपाल प्रज्ञा प्रतिष्ठानमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  

सभामा चुक्तापूँजीको ५.५० प्रतिशत बोनस सेयर र सोही हदसम्म जारी तथा चुक्तापूँजी वृद्धि गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । 

Shivam Cement
Bizshala
CG Motors

यस्तै, सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पारित गरिनेछ । सभामा लेखापरीक्षकको प्रतिवेदनसहित आव २०८०/८१ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणलगायतका वित्तीय विवरण र सहायक कम्पनी ग्लोबल आइएमई क्यापिटल र ग्लोबल आइएमई लघुवित्तको वित्तीय विवरणहरु समेत पारित गरिनेछ ।  

यसैगरी चालु आवको लेखापरीक्षकको प्रतिवेदनसहित लेखापरीक्षकको नियुक्ती गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्तीको प्रस्ताव पारित गरिनेछ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

लाभांश वितरण तथा साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर ९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यसर्थ मंसिर ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरु मात्रै बैंकद्वारा प्रस्तावित लाभांश पाउन र सभामा सहभागी हुन योग्य हुनेछन् ।    

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.