बिहीबार, बैशाख ३१,२०८३ 03:01:33
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:01:33
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त

Laxmi Sunrise Bank Limited
ग्लोबल आइएमई बैंकको सीईओमा सुरेन्द्रराज रेग्मी नियुक्त
Shivam Cement

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमटिेडको प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन् । बैंकको साउन १० गते बसेको सञ्चालक समितिको बैठकले रेग्मीलाई बैंकको सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

रेग्मीलाई आगामी भदौ १ गतेदेखि लागू हुनेगरी सीईओ नियुक्त गर्ने निर्णय भएको बैंकले जनाएको छ । रेग्मी हाल बैंकमा वरिष्ठ डेप्युटी सीईओको रुपमा कार्यरत छन् ।  

सुरेन्द्रराज रेग्मी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आबद्ध भएका थिए। आफ्नो कार्यकालमा उनीसँग प्रमुख ऋण अधिकृत, प्रमुख सञ्चालन अधिकृत र प्रमुख व्यवसाय अधिकृत जस्ता विभिन्न नेतृत्वदायी भूमिकामा काम गरेको अनुभव छ। रेग्मीसँग ३५ वर्षभन्दा बढी बैंकिङ अनुभव रहेको छ । उनले युनिभर्सिटी अफ वेल्स, बाङ्गोर, बेलायतबाट अर्थशास्त्रमा डिग्री र एमबीए गरेका छन्।  

Bizshala
New Office
CG Motors

बैंकका वरिष्ठ उपप्रमुख कार्यकारी अधिकृतको हैसियतमा रेग्मीले कर्पोरेट ऋण, इन्फ्रा प्रोजेक्ट फाइनान्सिङ, ट्रेड फाइनान्स÷ग्यारेन्टी प्रवर्द्धन मार्केटिङ, वित्त र योजना, ट्रेजरी इन्टरनेशनल बैंकिङ, रिकभरी, मानव संसाधन, कर्पोरेट कम्युनिकेसन र लागत अनुकूलनका लागि अन्य सामान्य प्रशासन जिम्मेवारी पनि बहन गरिसकेका छन् । उनले बैंकको प्रमुख सूचना अधिकारीका साथै फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष र बैंकको प्रतिनिधित्व गर्दै नेशनल बैंकिङ इन्स्टिच्युटको सञ्चालकको रुपमा पनि काम गरिसकेका छन् ।

यस्तै बैंकको आजै बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा भागिरथी भट्टराई ज्ञवालीलाई नियुक्त गर्ने निर्णय गरेको छ । त्रिभुवन विश्वविद्यालयबाट जनप्रशासन र अर्थशास्त्रमा स्नातकोत्तर गरेकी ज्ञवाली लामो समयदेखि अध्यापन र बिभिन्न संघ संस्थामा संलग्न छिन् । 

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.