बुधबार, असार १०,२०८३ 01:20:51
Bizshala
  • बुधबार, असार १०,२०८३ 01:20:51
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

नबिल बैंकको दिगो पाइला वाकाथान देशैभर, दिगो भविष्यका लागि प्रतिबद्धता

Laxmi Sunrise Bank Limited
नबिल बैंकको दिगो पाइला वाकाथान देशैभर, दिगो भविष्यका लागि प्रतिबद्धता

काठमाण्डौ। मुलुकको अग्रणी बैंक नबिल बैंकले देशव्यापी ‘नबिल दिगो पाइला’ वाकाथन गरेको छ ।  

दिगो भविष्यको प्रतिबद्धतासहित जनचेतना जगाउने उद्देश्यले वाकाथन गरिएको हो ।

New Office
CG Motors
Garima Development Bank

स्थापनाको ४०औँ वार्षिकोत्सवको अवसरमा बैंकले दिगो भविष्य निर्माणको प्रतिबद्धता जनाउँदै शनिबार बिहान देशव्यापी वाकाथन आयोजना गरेको हो । बैंकले हालसम्म प्राप्त गरेका उपलब्धिलाई संस्थागत गर्दै दिगो भविष्यप्रति प्रतिबद्धताका लागि वाकाथन मार्फत ऐक्यबद्धता जनाएकोे छ ।  

वाकाथन शुभारम्भ गर्दै बैंकका अध्यक्ष उपेन्द्र पौड्यालले नबिलले ४० वर्ष अगाडि नै दिगो पाइला चालेका कारण आजको दिनसम्म आइपुगेको र आगामी दिनमा पनि यसलाई निरन्तरता दिँदै जाने प्रतिबद्धता जनाए । ‘नबिल बैंक दिगो विकासका लागि प्रतिबद्ध छ, हामीहरु दिगो बैंकिङमार्फत यसको सुरुआत गरिसकेका छौँ, आगामी दिनका लागि प्रतिबद्धता जनाउन आज उपस्थित भएका छौँ’, उनले भने।

बैंकका प्रमुख कार्यकारी अधिकृत सिइओ) ज्ञानेन्द्र ढुंगानाले दिगो भविष्यको प्रतिबद्धतासहित देशव्यापी वाकाथन आयोजना गरिएको जानकारी दिए । ‘बैंकले दरिलो भविष्यका लागि दिगोपनाको नीतिअनुसार गतिविधि अगाडि बढाइसकेको छ, आज देशव्यापी रुपमा आयोजना गरिएको यस वाकाथनले दिगो भविष्यका लागि प्रतिबद्धता र यसबारे जनचेतना जगाउन  सहयोग हुनेमा हामी विश्वस्त छौँ’, उनले भने।

वाकाथनमा अवसरमा बैंकको काठमाडौँ उपत्यकाका विभिन्न शाखामा कार्यरत करिब ११ सय कर्मचारीको उपस्थिति थियो ।

शनिबार बिहान ७ः३५ बजे दरबारमार्गको तीनधारास्थित केन्द्रीय कार्यालयबाट सुरु भएको वाकाथन कमलादी, घण्टाघर, भद्रकाली मन्दिर, शहीद गेट, न्यूरोड गेट, वसन्तपुर दरबार स्क्वायर हुँदै फेरि केन्द्रीय कार्यालायमा पुगेर टुङ्गिएको थियो ।

बैंककाअनुसार नारायणगढ, बिराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, पोखरा, बुटवल, नेपालगञ्ज, सुर्खेत, धनगढी, हेटौँडा र दाङमा पनि एकैसाथ शनिवार बिहान वाकाथन आयोजना गरिएको बैंकले एक विज्ञप्तिमार्फत जनाएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.