बिहीबार, माघ ८,२०८२ 05:20:48
Bizshala
  • बिहीबार, माघ ८,२०८२ 05:20:48
Bizshala
Global IME Bank Limited
Bizshala

नबिल बैंकद्वारा मानव सेवाआश्रमलाई २ थान उद्धार वाहन सहयोग

नबिल बैंकद्वारा मानव सेवाआश्रमलाई २ थान उद्धार वाहन सहयोग
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेडले मानव सेवाआश्रमलाई २ थान उद्धार वाहन उपलब्ध गराएको छ।  

मंगलबार एक विशेष कार्यक्रमबीच काठमाडौंको बोहोराटारस्थित मानव सेवा आश्रममा दुईवटा बाहनहरू हस्तान्तरण गरिएको हो।

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौड्याल, सञ्चालक निर्वाण चौधरी, प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्ञानेन्द्रप्रसाद ढुंगाना र नायब प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले संयुक्त रूपमा गाडीको साँचो आश्रमका अध्यक्ष रामजी अधिकारीलाई हस्तान्तरण गराएका हुन्।

Bizshala
Garima Development Bank
New Office

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न किसिमका अभियानहरू सञ्चालन गर्दै आएकोमा मानव सेवामा उत्कृष्ट काम गरेको यो आश्रमलाई सहयोग उपलब्ध गराएको हो।

साँचो हस्तान्तरण कार्यक्रममा बैंकका अध्यक्ष पौड्यालले मानव सेवाआश्रमको कार्य सराहनीय रहेको प्रतिक्रिया दिए। उनले यस्तो संस्थालाई नबिल बैंकले सघाउन पाउँदा खुसी लागेको बताए। अध्यक्ष पौड्यालले राज्यसँगै नागरिक र संस्थाहरूको पनि उत्तिकै उत्तरदायित्व रहेको बताए।

बैंकका सिइओ ढुंगानाले नबिल बैंक सधैं मानव सेवाका कार्यहरूमा तयार रहेको बताए। उनले मानव सेवाआश्रमलाई सहयोग गर्न पाउनु समाजप्रतिको दायित्व भएको र भविष्यमा पनि यस्ता कार्यहरूमा साझेदारी गर्न नबिल बैंक इच्छुक रहेको बताए।  

नायब प्रमुखकार्यकारी अधिकृत ज्ञवालीले मानव सेवाआश्रमले बेसहारा बनेका मानिसहरूलाई खाना, सुरक्षा, र स्वास्थ्य जस्ता न्यूनतम मानव अधिकार सुनिश्चित गर्ने अभियानमा नबिल बैंक साझेदार हुन पाउँदा खुसी लागेको बताए।

मानव सेवाआश्रमका अध्यक्ष अधिकारीले उद्धार वाहनको अभावमा सडक आश्रित व्यक्तिहरूको उद्धार गर्न कठिन भएको अनुभव सुनाए। नबिल बैंकबाट प्राप्त गाडीहरूले सेवालाई सहज र शीघ्र बनाउन सहयोग पुग्ने बताए।  

“सडक आश्रित व्यक्तिहरूको उद्धार तथाउपचारका लागि ट्याक्सीलगायतका सवारी साधनले आनाकानी गर्दा समस्या भइरहेको थियो। अब यी गाडी प्राप्त भएपछि सेवा सहज र शीघ्र बनाउन सकिने विश्वास छ। यस पुण्य कार्यका लागि नबिल बैंकप्रति हामी आभारी छौँ,“उनले भने।

मानव सेवा आश्रमलाई विभिन्न तवरबाट सहयोग पुर्याउँदै आएकी गायिका आनी छोइङ डोल्माले लक्षित मानिसहरूलाई सवारी साधनको अभावमा आश्रममा ल्याउन र अस्पतालमा लैजान कठिनाइ भइरहेको बताइन्। उनले नबिल बैंकबाट प्राप्त सवारी साधनले ती व्यक्तिहरूको जीवन बचाउन महत्वपूर्ण योगदान पुर्याउने बताइन्।

२०६९ सालदेखि सञ्चालनमा आएको मानव सेवाआश्रमले सातै प्रदेशमा सेवा केन्द्र विस्तार गरी ७,००० भन्दा बढीलाई आश्रय दिएको छ। सडकपेटी तथा सार्वजनिक स्थलमा बेवारिसे जीवन बिताउन बाध्य व्यक्तिहरूको उद्धार, उपचार, र पालनपोषणका कार्यहरू दाताहरूको सहयोगमा गर्दै आएको आश्रमलाई नबिल बैंकको सहयोगले सेवाको गुणस्तर र गति बढाउन महत्वपूर्ण योगदान पुर्याउने अध्यक्ष अधिकारीले बताए।

मंगलबार नबिल बैंकका पदाधिकारीहरूले आश्रममा आश्रित लाभग्राहीहरूलाई खाना समेत वितरण गरे। नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत हरेक वर्ष अति आवश्यक मानवीय सहायतालाई प्राथमिकतामा राख्ने गरेको छ।

Laxmi Sunrise Bank Limited
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.