काठमाण्डौ । नबिल बैंक लिमिटेडका सञ्चालक ए.आर.एम नजमुस शकिबको राजीनामा स्वीकृत भएको छ ।
भदौ ६ गते बसेको सञ्चालक समितिकौ बैठकले शकिबको राजीनामा स्वीकृत गरेको हो । उनी संस्थापक सेयरधनीको प्रतिनिधिको रुपमा बैंकको सञ्चालक समितिमा कार्यरत थिए ।
नबिल बैंकले नेपाल बंगलादेश बैंकलाई प्राप्त गर्नु अघि उनी नेपाल बंगलादेश बैंकको सञ्चालक समितिको अध्यक्ष पनि थिए।
बैंकको संस्थापक सेयरधनी आईएफआईसी बैंकको प्रतिनिधिमा शकिब नियुक्त भएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।