काठमाण्डौ । नबिल बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले आजदेखि ३ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीलगायत अन्य व्यक्ति, कम्पनी तथा संघसंस्थाले आवेदन दिन सक्नेछन् ।
सेयरको न्यूनतम मूल्य ३०७ रुपैयाँ तोकिएको छ । यसर्थ बोलपत्र आवेदन पेश गर्दा न्यूनतम मूल्य वा सो भन्दा बढी मूल्य पेश गर्नुपर्नेछ ।
सेयर खरिदका लागि लगानीकर्ताले न्यूनतम १ हजार कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि आवेदन दिन सक्नेछन् । आवेदन दिने अन्तिम मिति असोज १६ गते तोकिएको छ । लगानीकर्ताले काठमाण्डौको कमलपोखरीमा रहेको लक्ष्मी सनराइज क्यापिटमा आईपुग्ने गरी आवेदन दिनु पर्नेछ ।