आईतवार, असार १५,२०८२ 10:11:41
  • आईतवार, असार १५,२०८२ 10:11:41
Global IME Bank Limited

नाडा अटो शो लक्षित नबिल बैंकको विशेष अटो लोन योजना

Hyundai Nepal
नाडा अटो शो लक्षित नबिल बैंकको विशेष अटो लोन योजना
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंक लिमिटेडले  नाडा अटो शो २०२४ लक्षित गर्दै अटो लोन फाइनान्सिङका लागि विशेष योजना सार्वजनिक गरेको छ । भदौ ११ गतेदेखि काठमाण्डौको भृकुटीमण्डपमा सञ्चालन हुने अटो मोबाइलको कुम्भ मेलाका रूपमा लिइने नाडा अटो शोलाई केन्द्रित गरेर बैंकले यो योजना ल्याएको हो ।

यस योजनाअन्तर्गत, नबिल बैंकले ५ वर्षका लागि ८.२५ प्रतिशत  र ७ वर्षका लागि ८.४९ प्रतिशत स्थिर ब्याजदरको आकर्षक प्रस्ताव ल्याएको छ । यसले अटो मोबाइल खरिद गर्न चाहने ग्राहकहरूलाई दीर्घकालसम्म सुलभ र स्थिर वित्तीय सहायता उपलब्ध गराउन मद्दत पु¥याउने विश्वास बैंकले गरेको छ । 

CG Motors
Muktinath Bikas Bank Limited

ग्राहकहरूको सुविधाका लागि नबिल बैंकले नाडा शोका क्रममा स्टल नम्बर ई१९ छुट्टै सेवा केन्द्र राखेको छ । शोमा सहभागी हुने ग्राहकहरूले गाडी छनोट गरी कर्जाको लागि अफर लेटर तुरुन्तै उपलब्ध गराइनेछ । यसका अतिरिक्त, नबिल बैंकले आफ्ना ग्राहकहरूलाई आकर्षित गर्न अन्य विभिन्न अफरहरू पनि प्रस्तुत गरेको छ ।

चाडपर्वको माहोललाई ध्यानमा राख्दै, नबिल बैंकले वित्तीय सहजता प्रदान गर्न र अटो मोबाइल खरिदको प्रक्रियालाई सरल बनाउन यो विशेष योजना सार्वजनिक गरेको जनाएको छ ।  

नबिल बैंकले २४ लाखभन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३१६ एटीएममार्फत सेवा प्रदान गर्दै आएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.