काठमाण्डौ । नबिल बैंक लिमिटेडले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेको छ।
बैंकले असोज २८ गते बोर्डमा आवेदन दिँदै प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ४० लाख कित्ता ऋणपत्र जारी गर्ने प्रस्ताव गरेको हो। १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ५.५ प्रतिशत ब्याजदर रहनेछ। बोर्डको पछिल्लो ऋणपत्र पाइपलाइन सूचीमा पनि बैंकहरूको ऋणपत्र आवेदन प्रक्रिया अद्यावधिक हुँदै आएको देखिन्छ।
कुल ऋणपत्रमध्ये २४ लाख कित्ता अर्थात २ अर्ब ४० करोड रुपैयाँ बराबरको ऋणपत्र निजी तवरबाट बिक्री गरिनेछ।
बाँकी १६ लाख कित्ता अर्थात १ अर्ब ६० करोड रुपैयाँ बराबरको ऋणपत्र सर्वसाधारणका लागि सार्वजनिक निष्कासन गरिने बैंकले जनाएको छ।
ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।