शनिबार, माघ ५,२०८१ 07:51:23
IME remit
  • शनिबार, माघ ५,२०८१ 07:51:23
IME remit
Global IME Bank Limited

नबिल बैंकद्वारा घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात वृद्धि

Hyundai Nepal
नबिल बैंकद्वारा घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात वृद्धि
Nabil Bank Limited

काठमाण्डौ । नबिल बैंक लिमिटेडले घातक रोग उपचार तथा बीमा सुविधाका लागि न्यूनतम दैनिक मौज्दात बढाएको छ । बैंकले माघ १ गतेदेखि लागू हुनेगरी घातक रोग उपचार तथा आवधिक जीवन बीमाका लागि न्यूनतम दैनिक मौज्दात बढाएको हो ।  

नबिल बैंकले आफ्नो व्यक्तिगत बचतकर्ता ग्राहकहरूको हितलाई मध्यनजर गर्दै मेट–लाईफ बीमा कम्पनीको सहकार्यमा ३ लाख रुपैयाँको घातक रोग बीमा तथा ७५ हजारको आवधिक जीवन बीमा गरिदिने योजना अन्तर्गत, दैनिक मौज्दात रु ५० हजार वा बढी राख्ने १६ देखि ६४ वर्ष उमेरका जुनसुकै प्रकारका नेपाली मुद्राका व्यक्तिगत बचत खातालाई उल्लेखित बीमा सुविधा प्रदान गर्दै आएको थियो ।

Bizshala
CG Motors
Sagarmatha Cement

तर बैंकले उक्त बीमा सुविधा अन्तर्गत माघ १ गतेबाट लागु हुने गरी न्यूनतम दैनिक मौज्दात १ लाख रुपैयाँ कायम गरेको छ । बैंकले प्रदान गर्ने  सुविधामा सर्तहरू लागू हुने बैंकद्वारा जारी सूचनामा उल्लेख छ । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.