काठमाण्डौ । नबिल बैंक लिमिटेडले सामाजिक सञ्जालमार्फत भईरहेका विभिन्न ठगीका घटनाका बारेमा आफ्ना ग्राहकहरुलाई सचेत गराएको छ । बैंकले एक सूचना जारी गर्दै अनलाइनमार्फत भईरहेको ठगीबाट बच्न सचेत गराएको हो ।
टेलिग्राम, फेसबुक लगायत सामाजिक सञ्जालहरुमार्फत अनलाइन जब,अनलाइन ट्रेडिङ र डलर ट्रान्सफर जस्ता कार्यका लागि आकर्षक कमिशन र तलबको प्रलोभन देखाएर ठगी गर्ने घटनाहरु बढ्दै गएको पाइएकाले सचेत रहन बैंकले आग्रह गरेको छ ।
ठगहरुले खातामा रकम ट्रान्सफर गरी अन्य खातामा पठाउन लगाएर खाता ठगी कार्यमा प्रयोग हुन सक्ने भएकाले यस्तो घटनाबाट सतर्क रहन बैंकले आफ्ना ग्राहकलाई सूचित गरेको छ ।
यस्तै बैंकले अज्ञात स्रोतबाट आएका यस्ता प्रलोभनबाट पार्ने भ्रामक सन्देशहरुमा विश्वास नगर्न समेत आग्रह गरेको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।