बिहीबार, भाद्र १९,२०८२ 12:32:42
  • बिहीबार, भाद्र १९,२०८२ 12:32:42
Global IME Bank Limited

नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी

Hyundai Nepal
नबिल बैंक र हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी
Shivam Cement

काठमाडौं । नबिल बैंक लिमिटेड र स्मार्ट आइडियाज प्रालि हाम्रो पात्रोबीच कार्ड–आधारित विप्रेषण सेवाका लागि समझदारी भएको छ । आज नबिल बैंक लिमिटेडका तर्फबाट एन बैंक प्रमुखप्र दीप नेपाल र स्मार्ट आइडियाजको तर्फबाट वरिष्ठ इन्जिनियरिङ म्यानेजर सुरज गौतमले सोमबार एक कार्यक्रमका बीच समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरेका छन् ।

दुई कम्पनीबीच भएको सम्झौताअनुसार, नबिल बैंकले कार्डमा–आधारित विप्रेषण प्लेटफर्म एनरेमिटको सेवा हाम्रो पात्रो एपमा समावेश गरेको छ । नेपाल बाहिर रहेका हाम्रो पात्रो प्रयोगकर्ताहरूले अब एपको ‘रेमिटेन्स’ बटनमा गएर पठाउने र प्राप्त गर्ने व्यक्तिको विवरण र विप्रेषणको उद्देश्य उल्लेख गरी सेवा लिन सक्ने छन् । जसअन्तर्गत आफ्नो अन्तर्राष्ट्रिय मास्टर कार्ड वा भिसा कार्ड प्रयोग गरेर विप्रेषण रेमिटेन्स पठाउन सकिनेछ ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

यस सेवाअन्तर्गत, प्रयोगकर्ताहरूले न्यूनतम युुएस डलर १०० देखि  अधिकतम ५ हजार डलरसम्म पठाउन सक्नेछन् । नबिल बैंकका अनुसार रेमिटेन्स प्राप्तकर्ताले नेपालभित्र जुनसुकै बैंक खातामा तुरुन्तै रकम प्राप्त गर्नेछन्।

नबिल बैंकले २०२२ डिसेम्बरदेखि  आफ्नो एनबैंक एपमार्फत एनरेमिट सेवादिँदै आएको छ । यो सेवाको पहिलो पटक तेस्रो पक्षसँगको सहकार्यमा विस्तार गरिएको हो।  

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.