मंगलवार, कार्तिक ३,२०८३ 03:34:41
  • मंगलवार, कार्तिक ३,२०८३ 03:34:41
Global IME Bank Limited

सडक आश्रितको सेवामा नबिल बैंक, आश्रमलाई सवारी हस्तान्तरण

Bizshala
सडक आश्रितको सेवामा नबिल बैंक, आश्रमलाई सवारी हस्तान्तरण
New Office

काठमाडौं । नबिल बैंक लिमिटेडले धनुषाको जनकपुरस्थित मानवसेवा आश्रमलाई सेवा सहज बनाउन एक अटो (सेवा वाहन) प्रदान गरेको छ । शुक्रबार आश्रम परिसरमा आयोजित कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले आश्रमका अध्यक्ष रामजी अधिकारीलाई उक्त वाहन हस्तान्तरण गरेका हुन् ।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत उक्त सहयोग गरेको जनाएको छ । कार्यक्रममा आश्रमका अभिभावक पवन सिंघानियाले सेवा वाहन अभावका कारण दैनिक कार्य सञ्चालनमा कठिनाइ भइरहेको अवस्थामा अब सेवा प्रवाह थप सहज हुने विश्वास व्यक्त गरे ।

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

सो अवसरमा सिइओ ज्ञवालीले सडक आश्रित मानवहरूको उद्धार र व्यवस्थापनमा आश्रमले गरिरहेको काम प्रशंसनीय रहेको बताए । उनले यस्ता मानवीय कार्यमा सहकार्य गर्न पाउँदा बैंकलाई गर्व लागेको उल्लेख गर्दै आगामी दिनमा पनि यस्ता पहलमा सहकार्य जारी रहने प्रतिबद्धता जनाए ।

आश्रमका प्रमुख संस्थापक रामजी अधिकारीले सेवा वाहन नहुँदा उद्धार तथा दैनिक सेवा प्रवाहमा समस्या भइरहेको बताउँदै बैंकको सहयोगले अब ती कामहरू छिटो र प्रभावकारी रूपमा गर्न सकिने बताए । उनले नबिल बैंकप्रति आभार व्यक्त गर्दै यो सहयोगले ठूलो राहत पुगेको धारणा राखे ।

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

यसअघि पनि नबिल बैंकले आश्रमलाई दुई वटा उद्धार वाहन उपलब्ध गराइसकेको छ । २०६० सालदेखि सञ्चालनमा रहेको मानवसेवा आश्रमले सातै प्रदेशमा सेवा विस्तार गर्दै हालसम्म करिब १३ हजार सडक आश्रित व्यक्तिको उद्धार गरिसकेको छ ।

नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत मानवसेवा, सामाजिक उद्यमशीलता र दिगो विकासमा योगदान पुर्‍याउने विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.