बिहीबार, जेष्ठ ७,२०८३ 07:23:52
Bizshala
  • बिहीबार, जेष्ठ ७,२०८३ 07:23:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

नबिलको नयाँ सुरुवात: कर्मचारी आमाका लागि सुरक्षित नर्सिङ स्पेस

Laxmi Sunrise Bank Limited
नबिलको नयाँ सुरुवात: कर्मचारी आमाका लागि सुरक्षित नर्सिङ स्पेस
Shivam Cement

काठमाण्डौ । नबिल बैंक लिमिटेड ले आफ्ना कर्मचारीको सुविधा र कल्याणलाई प्राथमिकता दिँदै तीनधारास्थित केन्द्रीय कार्यालयमा ‘नबिल नर्सिङ रुम’ सञ्चालनमा ल्याएको छ।

Bizshala
New Office
CG Motors

बिहीबार आयोजित कार्यक्रममा बैंकका अध्यक्ष निर्वाण चौधरी र प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली को उपस्थितिमा सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारी ले रिबन काटेर उक्त कक्षको औपचारिक उद्घाटन गरेकी थिइन्। कार्यक्रममा अन्य सञ्चालक सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला, अनिल केशरी शाहसहित नायब प्रमुख कार्यकारी अधिकृत आदर्श बजगाईं र भुपेन्द्र पाण्डे लगायत उच्चपदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

कर्मचारीमैत्री वातावरण निर्माण गर्ने उद्देश्यसहित स्थापना गरिएको उक्त नर्सिङ रुमले बैंकमा कार्यरत आमाहरूलाई कार्यालय समयमै सुरक्षित र सहज रूपमा स्तनपान गराउन सहयोग पुर्‍याउने विश्वास बैंकले लिएको छ। यसले कार्यस्थललाई थप सम्मानजनक र आरामदायी बनाउने अपेक्षा गरिएको छ।

Garima Development Bank
Shivam Cement
IME remit

उद्घाटन कार्यक्रममा बोल्दै सञ्चालक सदस्य अधिकारीले यस पहलले कर्मचारीप्रतिको संस्थागत जिम्मेवारीलाई अझ मजबुत बनाएको उल्लेख गरिन्। उनका अनुसार यसले कर्मचारी आमाहरूलाई कार्यालयमै सुरक्षित र सहज महसुस गराउनेछ।

त्यस्तै, अध्यक्ष चौधरीले नर्सिङ रुमलाई बैंकको सकारात्मक र आवश्यक सुरुवातका रूपमा व्याख्या गर्दै लैङ्गिक समानता र कर्मचारी हितप्रतिको प्रतिबद्धताको उदाहरण भएको बताए। उनले यो सुविधा भविष्यमा अन्य शाखाहरूमा समेत विस्तार गरिने संकेत गरे।

प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले यस्ता पहलहरूले कर्मचारीको मनोबल बढाउने र संस्थामा सहयोगी कार्यसंस्कृति विकास गर्ने धारणा राखे।

हाल नबिल बैंकले देशभर २६८ शाखा र ३१८ एटिएममार्फत सेवा दिँदै २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सुविधा उपलब्ध गराउँदै आएको छ। चार दशकभन्दा बढी अनुभव बोकेको बैंकले पछिल्लो समय दिगो तथा डिजिटल बैंकिङमा जोड दिँदै ‘एनबैंक’ सेवा सञ्चालनमा ल्याएको छ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.