काठमाण्डौ । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई ११.०५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।
कम्पनीको असोज २७ गते मंगलबार अपराह्न बसेको सञ्चालक समितिको २५९औँ बैठकले आर्थिक वर्ष २०८२/८३ सम्मको वितरणयोग्य मुनाफाबाट उक्त लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावअनुसार कम्पनीले २०८३ असार मसान्तको चुक्ता पुँजी १ अर्ब ३४ करोड ४८ लाख ७१ हजार ३२३ रुपैयाँको आधारमा करसहित १४ करोड ८६ लाख ४३ हजार ६७३ रुपैयाँ नगद लाभांश वितरण गर्नेछ। यसपटक बोनस सेयर भने प्रस्ताव गरिएको छैन।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभामा पेस गरिनेछ। साधारणसभाबाट पारित भएपछि सेयरधनीलाई वितरण हुनेछ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।