आईतवार, भाद्र २३,२०८१ 05:52:33
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 05:52:33
IME remit
Global IME Bank Limited

आईएमई लाइफको एजीएमद्वारा २६.३१५८% लाभांश पारित

Hyundai Nepal
आईएमई लाइफको एजीएमद्वारा २६.३१५८% लाभांश पारित
Nabil Bank Limited

काठमाण्डौ । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमीटेडको सातौ वार्षिक साधारणसभा(एजीएम)ले २६.३१५८ प्रतिशत बराबरको लाभांश पारित गरेको छ ।  

काठमाण्डौंको नक्सालस्थित आम्रपाली ब्यांक्वेटमा सम्पन्न साधारणसभाले आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित चुक्तापुँजी ४ अर्बको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनश शेयर र कर प्रयोजनका लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरी कुल २६.३१५८ प्रतिशत लाभांश पारित गरेको हो। 

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

बोनस शेयर जारी गरेपछि कम्पनीको चुक्तापूँजी रु ५ अर्ब भई हाल कायम कम्पनीको पूँजी संरचना परिवर्तन हुने भएकोले कम्पनीको प्रबन्ध–पत्र तथा नियमावलीमा सोही बमोजिम संशोधन गर्ने प्रस्ताव समेत सभाले पारित गरेको छ।  

सभामा सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको पदमा रबिनकुमार नेपाल निर्विरोध निर्वाचित भएका छन् ।  

सभाले सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकले पाउने सञ्चालकले पाउने बैठक भत्ता तथा सेवा सुविधा पुनरावलोकनको प्रस्ताव समेत पारित गरेको छ।

सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको सभापतित्वमा सम्पन्न सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७९/०८० को सञ्चालक समितिको प्रतिवेदन सहित वित्तिय विवरणहरु पारित गरेको छ । लेखापरीक्षकको प्रतिवेदनसहितको आर्थिक वर्ष २०७९/०८० को एनएफआरएस  बमोजिमको वासलात, नाफानोक्सान हिसाब, इक्विटीमा भएको परिवर्तन तथा नगद प्रवाह विवरण र तत्सम्बन्धीत अनुसूचिसहितको वित्तीय विवरण उपर छलफल गरी सर्वसम्म्तिबाट पारित गरेको छ।

कम्पनीको मिति २०८०/०९/०४ गते बसेको सञ्चालक समितिको १८०औं बैठकले सञ्चालक समितिमा रिक्त रहेको संस्थापक शेयरधनी समूहमा बाँकी कार्यकालका लागि संस्थापक शेयरधनीहरुबाट सञ्चालकहरुको नियुक्ति गरेकोमा सो नियुक्ति अनुमोदन गरेको छ ।

सभाले कम्पनी ऐन, २०६३ को दफा १०५(१) (ग) बमोजिम कम्पनीको आर्थिक वर्ष २०७९/०८० मा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत भएका खर्चहरु अनुमोदन गरेको छ ।

उक्त अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले कम्पनीको प्रभावकारी आन्तरिक नियन्त्रण प्रणाली, सुशासन, मानव संसाधनको विकास एवम् ग्राहक सेवाप्रति निरन्तर प्रतिबद्ध रहने बताए ।  

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X