काठमाण्डौ । कृषि विकास बैंकले लाभांश घोषणा गरेको छ ।
बैंकको कात्तिक १९ गते बुधबार बेलुका बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८१ ८२ को नाफाबाट सेयरधनीलाई कुल १३ प्रतिशत लाभांश वितरणको निर्णय गरेको हो ।
घोषित लाभांशमध्ये ३.२५ प्रतिशत बोनस सेयर र ९.७५ प्रतिशत नगद लाभांश(कर प्रयोजनसहित) रहेको छ ।
यस्तै, नेपाल सरकारको हाल कायम भएको फिर्ता नहुने अग्राधिकार सेयर पुँजीमा समेत वार्षिक ६ प्रतिशतले हुने नगद लाभांश रकम समेत प्रदान गर्ने निर्णय पनि भएको कम्पनी सचिव हिमलाल पौडेलले जनाएका छन् ।
घोषित लाभांश नेपाल राष्टबैंकबाट स्वीकृत भई बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीले पाउनेछन्।


