बिहीबार, असार ११,२०८३ 07:14:37
Bizshala
  • बिहीबार, असार ११,२०८३ 07:14:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

अपि पावरद्वारा एजीएम आह्वान, थप चार आयोजनामा लगानी गर्ने प्रस्ताव

Laxmi Sunrise Bank Limited
अपि पावरद्वारा एजीएम आह्वान, थप चार आयोजनामा लगानी गर्ने प्रस्ताव

काठमाण्डौ । अपि पावर कम्पनी लिमीटेडले आफ्नो २१ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।  

कम्पनीले आगामी कात्तिक १ गते बिहीबारका दिन काठमाण्डौको गौशालास्थित होटल क्रिष्टल पशुपतिमा २१ औं साधारणसभा बोलाएको हो । 

New Office
CG Motors
Garima Development Bank

साधारणसभामा यसअघि सञ्चालक समितिले गरेको ९ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४७३७ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।  

साधारणसभामा अपि पावर कम्पनी लिमीटेडको सहायक कम्पनी अपी इन्फ्रा लिमीटेड कम्पनीमा १०० प्रतिशत सेयर स्वामित्व रहने गरी लगानी गर्ने लगायतका अजेण्डा पनि पेश हुने सूचनामा उल्लेख छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस्तै, कम्पनीको बहुमत सेयर स्वामित्व रहने गरी लटिनाथ पावर कम्पनी लिमीटेडमा लगानी गरी न्वागाड साना जलविद्युत आयोजना(९.७ मे.वा.) निर्माण गर्ने, दार्चुला पावर कम्पनी लिमीटेडमा लगानी गरी मध्य चमेलिया जलविद्युत आयोजना(२८.३ मे.वा.) निर्माण गर्ने, अपिकै बहुमत सेयर स्वामित्व रहने गरी सूर्यकुण्ड हाइड्रो इलेक्टिक लिमीटेडमा लगानी गरी माथिल्लो तादी खोला जलविद्युत आयोजना(११ मे.वा.)को निर्माण अन्तिम चरणमा भइरहेकोले उक्त लगानीलाई अनुमोदन गर्ने लगायतका प्रस्ताव समेत छलफल गरी पारित गर्ने अजेण्डाहरु राखिएका छन् ।  

यसपटकको साधारणसभाले कम्पनीको सेयरधनीहरुबाट १ जना महिला तथा एक स्वतन्त्र समेत गरी ५ जना सञ्चालकहरुको निर्वाचन समेत गर्नेछ ।  

यसैबीच, साधारणसभा प्रयोजनका लागि कम्पनीले असोज १६ गते एकदिनका लागि सेयरको दर्ता किताब बन्द(बुक क्लोज) हुने घोषणा गरेको छ । यसको अर्थ कम्पनीले प्रस्ताव गरेको लाभांश प्राप्त गर्न तथा साधारणसभामा सहभागी हुनका लागि असोज १५ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.