बिहीबार, आश्विन १,२०८३ 11:54:28
Bizshala
  • बिहीबार, आश्विन १,२०८३ 11:54:28
Bizshala
Global IME Bank Limited

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

सिद्धार्थ बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?
New Office

काठमाडौं। सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट आफ्ना साधारण सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बिहान बसेको ४८२औँ बैठकले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित नगद लाभांशमा बोनस सेयर तथा नगद लाभांशमा लाग्ने करसमेत समावेश गरिएको छ।

Shivam Cement
Bizshala
CG Motors

बैंकले साधारण सेयरधनीलाई १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ। त्यस्तै, कर प्रयोजनसहित सोही रकम अर्थात् १ अर्ब ४७ करोड ९४ लाख ४७ हजार ९२० रुपैयाँ नगद लाभांश बाँड्नेछ।

यसरी बैंकले साधारण सेयरधनीका लागि कुल २ अर्ब ९५ करोड ८८ लाख ९५ हजार ८४० रुपैयाँ बराबरको लाभांश प्रस्ताव गरेको देखिन्छ।

सिद्धार्थ बैंकको हाल साधारण सेयरतर्फ १४ अर्ब ७९ करोड ४४ लाख ७९ हजार १९४ रुपैयाँ चुक्ता पूँजी छ। प्रस्तावित १० प्रतिशत बोनस सेयर वितरणपछि बैंकको साधारण सेयरतर्फको चुक्ता पूँजी करिब १६ अर्ब २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

Muktinath Bikas Bank Limited

यस्तै, बैंकले अग्राधिकार सेयरधनीलाई ८.२५ प्रतिशत नगद लाभांश दिने प्रस्तावसमेत गरेको छ। अग्राधिकार सेयरतर्फ प्रस्तावित नगद लाभांश १० करोड ७५ लाख ५९ हजार ४१ रुपैयाँ रहेको छ। बैंकको अग्राधिकार सेयरतर्फ ३ अर्ब ५० करोड रुपैयाँ चुक्ता पूँजी कायम छ।

बैंकका अनुसार अग्राधिकार सेयरको लाभांश भने सेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्म ८.२५ प्रतिशतका दरले हुन आउने रकमका आधारमा समानुपातिक रूपमा उपलब्ध गराइनेछ।

बैंकको लाभांश प्रस्ताव नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाले पारित गरेपछि मात्र सेयरधनीले पाउनेछन्।

सञ्चालक समितिको आक्रामक लाभांश प्रस्तावसँगै सिद्धार्थ बैंक यस वर्ष साधारण सेयरधनीलाई दोहोरो अंकको बोनस र नगद लाभांश दुवै घोषणा गर्ने आकर्षक वाणिज्य बैंकको सूचीमा परेको छ। १० प्रतिशत बोनसले बैंकको पूँजीगत आधार थप मजबुत बनाउनेछ भने समान दरको नगद लाभांशले सेयरधनीलाई तत्काल प्रतिफलसमेत उपलब्ध गराउनेछ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.