बिहीबार, बैशाख ३१,२०८३ 06:12:37
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 06:12:37
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सर्वोत्तम सिमेन्टको साधारणसभाबाट लाभांश पारित, उत्कृष्ट सिमेन्ट कम्पनी बनाउने उद्घोष

Laxmi Sunrise Bank Limited
सर्वोत्तम सिमेन्टको साधारणसभाबाट लाभांश पारित, उत्कृष्ट सिमेन्ट कम्पनी बनाउने उद्घोष
Shivam Cement

काठमाण्डौ । नेपालकै प्रतिष्ठित सौरभ ग्रुपअन्तर्गतको सर्वाेत्तम सिमेन्ट लिमिटेडले  बैशाख १२ गते आफ्नो पाँचौं बार्षिक साधारणसभा सम्पन्न गरेको छ ।  

सो सभा रुपन्देही जिल्ला सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको हो।

Bizshala
New Office
CG Motors

सभाले लेखापरिक्षकको प्रतिवेदनसहितको २०८० आषाढ मसान्तको वासलात, सोही मितिमा समाप्त भएको आ.व. २०७९/०८० को नाफा नोक्सान हिसाब, सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरण, आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्तावसहित आफ्नो चुक्तापूँजीको १५% (कर सहित) नगद लाभाँश बाड्ने प्रस्ताव पनि पारित गरेको छ ।

सभाले संस्थापक शेयरधनी समूहबाट ५ (पाँच) जना संचालकहरु विष्णुप्रसाद न्यौपाने, बिमलकुमार सावरथिया, टिकाराम न्यौपाने, तेन्जीब लाग्देन तामाब, उत्सब न्यौपाने तथा सर्वसाधारण शेयरधनी समूहबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने एक (१) जना संचालकमा शिवसिंह कार्कीलाई निर्विरोध निर्वाचित गरेको छ । स्वतन्त्र सञ्चालकमा नेहा अग्रवाल मनोनीत भएकी समेत बताइएको छ ।  

सभामा कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष के.सी.ले कम्पनीका सबै संचालक समिति, ग्राहक, कर्मचारी वर्ग तथा शेयरधनीहरुप्रति आभार प्रकट गर्दै हालका विभिन्न चुनौतीहरुको सामना गर्दै सर्वोत्तम सिमेन्टलाई एक उत्कृष्ट कम्पनी बनाउने प्रतिबद्धता जनाएका छन्। साथै उनले सर्वोत्तम सिमेन्टले नाम जस्तै सिमेन्टको सर्वोत्तम गुणस्तरमा निरन्तरता दिदै आफ्नो स्थापना पश्चात

हालसम्म ६,७२,६८,०२१ बोरा सिमेन्ट र २८,८६,१६६ टन किल्ङ्ककर उत्पादन गरी बिक्री गर्न सफल भएको जानकारी गराएका थिए ।  

सर्वाेत्तम सिमेन्ट अत्याधुनिक यूरोपियन भि.आर.एम. प्रविधिद्वारा सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो सिमेन्ट उद्योग हो । ३००० मेट्रिक टन प्रतिदिन क्षमता भएको सिमेन्ट प्लान्ट तथा ३००० मेट्रिक टन प्रति दिन क्षमता भएको क्लिंकर प्लान्टका साथ आइ.एस.ओ. ९००१ गुणस्तर प्रमाणित, १४००१ वातावरण–मैत्री प्रमाणित र नेपाल गुणस्तर का साथै भारत गुणस्तर प्रमाणित समेत भएको कम्पनीले ४३

ग्रेड र ५३ ग्रेडमा ग्रिन सर्वाेत्तम ओ.पि.सि र सौरभ ग्रिन पि.पि.सि नामक ब्राण्डका सिमेन्टहरु नेपालभर बिक्रीवितरण गरिरहेको छ भने भारतमा समेत निर्यात गर्दैतथा लोकप्रियता कमाउँदै आएको छ ।  

साथै कम्पनीले आफ्नो वितरण प्रणाली मजबुत गर्दै नेपालको पूर्वी क्षेत्रमा बजार विस्तारको लागि आफ्नो सतप्रतिशत लगानी रहेको सहायक कम्पनीमार्फत झापा भद्रपुरमा रहेको ३०० टन प्रतिदिनको क्षमता रहेको मनषा सिमेन्ट ईन्डष्ट्रिज प्रा.लि. खरिद गरी हाल परीक्षण उत्पादन सुरु गरेको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.