बुधबार, श्रावण २०,२०८३ 12:38:16
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 12:38:16
Bizshala
Global IME Bank Limited

पूँजी पुगेका बीमा कम्पनीको नगद लाभांशमा जोड, नपुगेकाको के छ सम्भावना ?

पूँजी पुगेका बीमा कम्पनीको नगद लाभांशमा जोड, नपुगेकाको के छ सम्भावना ?
New Office

काठमाण्डौ । हालसम्म १० वटा बीमा कम्पनीले मात्रै गत आर्थिक वर्षको मुनाफाबाट लाभांश घोषणा गरेका छन् । आव २०८०÷८१ को सञ्चित मुनाफाबाट ५ जीवन बीमक र ५ निर्जीवन बीमकले लगानीकर्ताका लागि लाभांश प्रस्ताव गरेका हुन् ।  

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बीमा कम्पनीहरुले ढिलै लाभांश घोषणा गर्ने गर्दछन् । विशेषगरी माघदेखि चैत महिनासम्म बीमा कम्पनीहरुका लागि लाभांश सिजन मान्न सकिन्छ । नेप्सेमा सूचीकृत २४ बीमा कम्पनी (पुनर्बीमा र लघुबीमा बाहेक)मध्ये हालसम्म ४१.६६ प्रतिशत बीमा कम्पनीले मात्रै लाभांश घोषणा गरेका छन् ।  

लाभांश प्रस्ताव गरेका बीमकहरुमा अधिकांशले नगद लाभांशमा जोड दिएका छन् । नेपाल बीमा प्राधिकरणको निर्देशनबमोजिम चुक्तापूँजी पुगिसकेका बीमा कम्पनीले नगदमा बढी जोड दिएका छन् भने पूँजी नपुगेका कम्पनीले तोकेको चुक्तापुँजी पुर्याउने बराबरको मात्रै बोनस घोषणा गरेका छन् ।  

लाभांश घोषणा गरेका १० कम्पनीहरुमा ७ कम्पनीको तोकेको पुँजी पुगिसकेको छ भने तीनको लाभांश वितरणपछि पुग्नेछ । लाभांश घोषणा गर्ने ५ जीवन बीमा कम्पनीहरुमा सुर्यज्योति लाइफ, नेपाल लाइफ, आइएमई लाइफ, सिटिजन लाइफ र सानिमा रिलायन्स लाइफ रहेको छ । जसमा सुर्यज्योति, आइएमई लाइफ र नेपाल लाइफको पुँजी ५ अर्ब रुपैयाँ पुगिसकेको छ भने बोनस सेयर वितरणपछि सिटिजन लाइफ र सानिमा रिलायन्सको पुँजी पुग्नेछ ।  

यता लाभांश घोषणा गरेका निर्जीवन बीमकहरुमा सिद्धार्थ प्रिमियर, शिखर इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल र सानिमा जिआइसी रहेको छ । सानिमा जिआइसी बाहेक सबैको चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ पुगिसकेको छ । बोनस सेयर वितरणपछि सानिमा जिआइसीको पुँजी २ अर्ब १५ करोड ७८ लाख रुपैयाँ पुग्नेछ । कम्पनीले ५० करोड रुपैयाँ बराबरको हकप्रद जारी गर्न धितोपत्र बोर्डमा आवेदन दिएको छ ।  

अझैपनि १४ बीमा कम्पनीको लाभांश घोषणा हुन बाँकी छ । सोमध्ये ११ वटा कम्पनीको चुक्तापुँजी नेपाल बीमा प्राधिकरणले तोकेबमोजिम अझै पुगेको छैन ।  

सोमध्येपनि ९ वटा कम्पनीले चुक्तापूँजी पुर्याउनकै लागि हकप्रदको बाटो रोजिसकेका छन् । सम्भवतः लाभांश घोषणा गर्न बाँकी भएका कम्पनीले पनि बढी नगदमै जोड दिन सक्ने देखिन्छ । यदि बोनस सेयर नै दिएपछि १० प्रतिशतभन्दा कम दिन सक्ने सम्भावना बढी रहेको छ ।  

प्राधिकरणको निर्देशन बमोजिम जीवन बीमा कम्पनीलाई ५ अर्ब रुपैयाँ र निर्जीवन बीमा कम्पनीलाई साढे २ अर्ब रुपैयाँ पुँजी पुर्याउन दबाब छ । पुँजी बढाउनकै लागि अधिकांश बीमा कम्पनीले हकप्रदको बाटो रोजेका छन् । हकप्रदपश्चात् प्रायः सबै बीमकको पुँजी तोकिएअनुसार पुग्नेछ । यसर्थमा लाभांश घोषणा हुन बाँकी रहेका कम्पनीले पनि नगदमै जोड दिन सक्ने अनुमान लगाउन सकिन्छ ।

 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.