हालसम्म २० वटा बीमा कम्पनीले गरे लाभांश सम्बन्धी निर्णय, सूर्यज्योति र सन नेपाल लाइफको डिभीडेन्ड सर्वाधिक
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन र निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् । हालसम्म २० वटा बीमा कम्पनीले लाभांशसम्बन्धी निर्णय गरिसकेका छन् । जसमा ९ वटा जीवन बीमा र ११ वटा निर्जीवन बीमा कम्पनीले आ–आफ्ना सेयरधनीहरुलाई लाभांश दिने वा नदिने निर्णय गरिसकेका छन् । अझैपनि जीवन बीमातर्फ आइएमई लाइफ, नेशनल लाइफ र प्रभु महालक्ष्मी लाइफले लाभांश बाँड्ने वा...