बिहीबार, माघ २४,२०८१ 01:48:41
IME remit
  • बिहीबार, माघ २४,२०८१ 01:48:41
IME remit
Global IME Bank Limited

हालसम्म २० वटा बीमा कम्पनीले गरे लाभांश सम्बन्धी निर्णय, सूर्यज्योति र सन नेपाल लाइफको डिभीडेन्ड सर्वाधिक

Hyundai Nepal
हालसम्म २० वटा बीमा कम्पनीले गरे लाभांश सम्बन्धी निर्णय, सूर्यज्योति र सन नेपाल लाइफको डिभीडेन्ड सर्वाधिक
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा जीवन र निर्जीवन गरी कुल २४ वटा बीमा कम्पनी सूचीकृत छन् । हालसम्म २० वटा बीमा कम्पनीले लाभांशसम्बन्धी निर्णय गरिसकेका छन् ।  

जसमा ९ वटा जीवन बीमा र ११ वटा निर्जीवन बीमा कम्पनीले आ–आफ्ना सेयरधनीहरुलाई लाभांश दिने वा नदिने निर्णय गरिसकेका छन् । अझैपनि जीवन बीमातर्फ आइएमई लाइफ, नेशनल लाइफ र प्रभु महालक्ष्मी लाइफले लाभांश बाँड्ने वा नबाँड्ने निर्णय गर्न बाँकी छ भने निर्जीवन तर्फ सरकारी स्वामित्वमा रहेका राष्ट्रिय बीमा कम्पनीले मात्रै यस्तो निर्णय गर्न बाँकी छ ।  

जीवन बीमातर्फ लाभांश सम्बन्धी निर्णय गरिसकेका ९ कम्पनीमध्ये ५ वटाले सेयरधनीलाई लाभांश प्रस्ताव गरेका छन् भने बाँकी ४ वटा कम्पनीले कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् ।  

साथै निर्जीवन बीमातर्फ भने ४ वटा कम्पनीले मात्रै लाभांश नदिने निर्णय गरेका छन् । बाँकी ७ वटा कम्पनीले गत आवको मुनाफाबाट सेयरधनीलाई प्रतिफल बाँड्ने निर्णय गरेका छन् ।  

नेप्सेमा सूचीकृत कम्पनीहरुमध्ये बीमा कम्पनीहरुको लाभांश घोषणा केही ढिला हुने गरेको छ । बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसनपश्चात् मात्रै लाभांश बाँड्न पाउने वा नपाउने तय हुने भएकाले लाभांश घोषणा वा यससम्बन्धी निर्णय गर्न ढिला हुँदै आइरहेको छ । नेपालमा पर्याप्त एक्चुरी भ्यालुएटर नहुँदा बीमा कम्पनीहरु भारत लयायतका अन्य देशमा एक्चुरी गराउन बाध्य छन् । यसकारण पनि बीमा कम्पनीहरुले समयमा वार्षिक साधारण सभा गर्न सकिरहेका छैनन् ।  

लाभांश प्रस्ताव गरेका १२ बीमा कम्पनी  

हालसम्म जीवन तथा निर्जीवन गरी कुल १२ वटा बीमा कम्पनीले आ–आफ्ना सेयधरनीहरुलाई लाभांश प्रस्ताव गरेका छन् । जीवन बीमातर्फ ५ वटा र निर्जीवन बीमातर्फ ७ वटाले सेयरधनीलाई बोनस तथा नगद लाभांश दिने निर्णय गरेका छन् ।  

लाभांश प्रस्ताव गरेका १२ कम्पनीमध्ये पनि हालसम्म सर्वाधिक जीवन बीमा तर्फको सुर्यज्योति लाइफ इन्स्योरेन्सले १०।२६ प्रतिशत बोनस सेयर र २४.७४ प्रतिशत नगद लाभांश गरी कुल ३५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।  

त्यस्तै, दोस्रोमा सन नेपाल लाइफ इन्स्योरेन्सले आव २०७९/८० को लागि २३.८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.२५ प्रतिशत नगद लाभांश गरी  घोषणा गरेको छ ।  

Bizshala
CG Motors
Sagarmatha Cement

त्यस्तै जीवन बीमातर्फ अन्य कम्पनीमा एसियन लाइफ इन्स्योरेन्सले ७.७५ प्रतिशत बोनस सेयर र ०.४०७८ प्रतिशत कर प्रयोजनको लागि नगद लाभांश गरी कुल ८.१५ प्रतिशत लाभांश घोषणा गरेको । कम्पनीले फागुन १८ नै साधारण सभा गरिसकेको छ ।

यसका साथै रिलायबल नेपाल लाइफले कुल १६.८४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ, जसमा १६ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.८४ प्रतिशत नगद लाभांश रहेको छ । कम्पनीले पनि गत माघ २९ गते नै साधारण सभा सम्पन्न गरिसकेको छ ।

त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सले आर्थिक वर्षसम्मको संचित मुनाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश गरी कुल ५.२६ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनीले पनि गत माघ १४ गते नै वार्षिक साधारणसभा गरिसकेको छ ।

यसका साथै निर्जीवन बीमातर्फ हालसम्म नेपाल इन्स्योरेन्स, नेको इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, हिमालयन एभरेष्ट इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, युनाइटेड अजोड इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले साधारण सभा सम्पन्न गरिसकेका छन् ।  

नेपाल इन्स्योरेन्स कम्पनीले गत आवको लागि १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेकोमा साधारण सभाले पारित समेत गरिसकेको छ ।  

त्यसैगरी हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले पनि सोही आवको लागि कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । प्रस्तावित लाभांशमा ८.६३ प्रतिशत बोनस सेयर र ६.३७ प्रतिशत नगद लाभांश (करसहित) रहेको छ ।

यता एनएलजी इन्स्योरेन्सले आर्थिक वर्ष गत आवको नाफाबाट सेयरधनीहरूलाई ५.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२८ प्रतिशत नगद लाभांश गरी ५.७८ प्रतिशत लाभांश वितरण गर्ने निर्णय साधारण सभाले पारित गरिसकेको छ ।

त्यस्तै युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई १०.८० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरिसकेको छ ।  

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भने गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई नगद लाभांश मात्रै दिने निर्णय गरेको छ । कम्पनीले सेयरधनीलाई ११ प्रतिशत नगद लाभांश बाँड्ने प्रस्ताव साधारण सभाले पारित गरिसकेको छ ।

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ५ प्रतिशत नगद लाभांश दिएको छ भने प्रभु इन्स्योरेन्सले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.२५ प्रतिशत नगद लाभांश प्रतिशत लाभांश दिएको छ ।

सेयरधनीको हात रित्तो बनाउने ८ बीमा कम्पनी  

हालसम्म ८ वटा बीमा कम्पनीले आफ्ना सेयधनीहरुको हात रित्तो बनाएका छन् । जसमा ४ वटा जीवन बीमा कम्पनी र ४ वटा निर्जीवन बीमा कम्पनी रहेका छन् ।  

जीवन बीमातर्फ एलआइसी नेपाल, सानिमा रिलायन्स लाइफ, हिमालयन लाइफ र नेपाल लाइफ रहेका छन् । तर नेपाल लाइफले भने आव २०७८/७९ को लागि सेयरधनीहरुलाई लाभांश नबाँड्ने निर्णय गरेको हो । कम्पनीले आव २०७९/८० को लागि लाभांश सम्बन्धी निर्णय गर्न बाँकी नै छ ।  

त्यस्तै, निर्जीवन बीमातर्फ भने नेको इन्स्योरेन्स, शिखर इन्स्योरेन्स, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र सानिमा जिआइसी इन्स्योरेन्सले कुनै खालको लाभांश नबाँड्ने निर्णय गरेका छन् । अधिकांश बीमा कम्पनीले गत आवको मुनाफा जगेडा कोषमा सञ्चित गरी राख्ने निर्णय गरेका छन् ।  

नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई सञ्चित मुनाफाको केही प्रतिशत रकम अनिवार्य रुपमा जगेडा कोषमा सञ्चित गर्नुपर्ने व्यवस्था गरेकाले गत आवको लागि आधा जसो बीमा कम्पनीहरुले सेयरधनीलाई लाभांश नबाँडेर रिजर्भमा राख्ने निर्णय गरेका हुन् । 

Muktinath Bikas Bank Limited
Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.