काठमाण्डौ । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ३६ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३६ अर्ब ६८ करोड रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।
कात्तिकसम्म ३८२ वटा परियोजना दर्ता भएका छन् । जसमध्ये सबैभन्दा धेरै परियोजना सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा दर्ता भएका छन् ।
यस्तै आईसीटी क्षेत्रमा मात्र २०५ परियोजना स्वीकृत भएका छन् ।
यो अवधिमा सबैभन्दा धेरै लगानीको प्रतिवद्धता कृषि तथा वन आधारित उद्योगमा आएको छ । यो क्षेत्रमा १३ वटा उद्योगका लागि २१ अर्ब ८८ करोड रुपैयाँभन्दा बढी लगानीको प्रतिवद्धता आएको छ ।
यस्तै ११८ वटा पर्यटन क्षेत्रको उद्योगका लागि ८ अर्ब ९४ करोड, सेवा क्षेत्रका २३ उद्योगका लागि ३ अर्ब ९ करोड, उत्पादनमूलक २१ वटा उद्योगका लागि १ अर्ब ६५ करोड,ऊर्जाको एउटा उद्योगका लागि १८ करोड, खानी क्षेत्रको एउटा उद्योगका लागि ४५ लाख वैदेशिक लगानीको प्रतिबद्धता भएको छ । थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।