६ महिनामा ३९ अर्ब बढी एफडिआई प्रतिबद्धता, कृषि र पर्यटनमा आकर्षण
काठमाण्डौ। चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ६ महिनामा ३९ अर्ब रुपैयाँभन्दा बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धता आएको छ। उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार साउनदेखि पुससम्म ४७५ वटा परियोजनामार्फत ३९ अर्ब २३ करोड ६१ लाख ४४ हजार रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको हो।विभागका अनुसार यस अवधिमा ४६० वटा साना, आठ वटा मझौला र सात वटा ठूला...

