काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा ३५ अर्ब बढीको प्रत्यक्ष विदेशी लगानी (एफडीआई) प्रतिबद्धता आएको छ। उद्योग विभागका अनुसार उक्त अवधिमा ३५ अर्ब १३ करोड ७७ लाख ८६ हजार रुपैयाँबराबरको विदेशी लगानीको प्रतिबद्धता आएको हो।
पहिलो त्रैमासमा अटोमेटिक रुटमार्फत १९७ उद्योगमा ३३ अर्ब २७ करोड ४८ लाख रुपैयाँबराबरको र अप्रुभल रुटमार्फत भने ११४ उद्योगमा १ अर्ब ८६ करोड २९ लाख रुपैयाँबराबरको प्रत्यक्ष विदेशी लगानी प्रतिबद्धता आएको छ । क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा बढी लगानीको प्रतिबद्धता पर्यटन क्षेत्रमा आएको छ । पर्यटन क्षेत्रमा ७१ प्रतिशत लगानीको प्रतिबद्धता आएको छ । यस्तै उत्पादन क्षेत्रमा १० प्रतिशत, सेवा क्षेत्रमा नौ प्रतिशत, सूचना प्रविधि क्षेत्रमा ८ प्रतिशत र कृषि क्षेत्रमा २ प्रतिशत विदेशी लगानी प्रतिबद्धता दर्ता भएको विभागले जनाएको छ।
उक्त अवधिमा ३११ उद्योगमा विदेशी लगानीको प्रतिबद्धता दर्ता भएको छ ।

