सोमबार, श्रावण २५,२०८३ 07:01:29
Bizshala
  • सोमबार, श्रावण २५,२०८३ 07:01:29
Bizshala
Global IME Bank Limited

पुस मसान्तसम्म २५ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता

Prabhu Bank Limited
पुस मसान्तसम्म २५ अर्बबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता
New Office

काठमाण्डौ । चालु आर्थिक वर्ष को पुस मसान्तसम्ममा नेपालमा २५ अर्ब ७७ करोड ६४ लाख रुपैयाँबराबरको प्रत्यक्ष वैदेशिक लगानीको प्रतिबद्धता आएको छ। लगानीको यो प्रतिबद्धता ‘अटोमेटिक रुट’ र ‘अप्रुभल रुट’ बाट प्राप्त भएको उद्योग विभागले जनाएको छ ।

विभागका अनुसार चालु आवको पहिलो ६ महिनामा कुल ३५४ उद्योग दर्ता भएका छन् । जसमध्ये अटोमेटिक रुटबाट २ अर्ब ३८ करोड रुपैयाँ र अप्रुभल रुटबाट २३ अर्ब ३९ करोड रुपैयाँबराबर लगानी प्रतिबद्धता आएको विभागले जनाएको छ ।

विभागका अनुसार ६ हजार ७५३ वटा उद्योग स्वीकृतीका लागि दर्ता भएका छन् । जसमध्ये ३४५ साना उद्योग, ५ सय मझौला र ४ सय ठूला उद्योग रहेका छन् । क्षेत्रगत रुपमा हेर्दा सबैभन्दा धेरै पर्यटनसँग सम्बन्धित उद्योग रहेका छन् । पर्यटनसँग सम्बन्धित कुल १५७ उद्योग दर्ता भएका छन् । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.