बुधबार, आश्विन २८,२०८३ 06:04:43
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 06:04:43
Bizshala
Global IME Bank Limited

११ महिनामा ४७ अर्ब बढी एफडीआई प्रतिबद्धता, ९१४ वटा परियोजना स्वीकृत

Bizshala
११ महिनामा ४७ अर्ब बढी एफडीआई प्रतिबद्धता, ९१४ वटा परियोजना स्वीकृत
New Office

काठमाण्डौ । चालु आर्थिक वर्षको ११ महिनामा ४७ अर्ब बढी प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई)को प्रतिबद्धता आएको छ । उद्योग विभागका अनुसार यो अवधिमा ४७ अर्ब ६१ करोड ६९ लाख ४६ हजार रुपैयाँबराबरको एफडीआई स्वीकृत भएको हो ।

स्वीकृत भएको कुल एफडीआईमा अटोमेटिक रुटबाट ७ अर्ब ७१ करोड र अप्रुभल रुटबाट ३९ अर्ब ९० करोड रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांकले देखाउछ ।

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

यस्तै यस अवधिमा कुल ९१४ वटा परियोजना स्वीकृत भएका छन् । जसबाट  २५ हजार ४५० जनाले रोजगारी पाउने अनुमान सरकारको छ। स्वीकृत भएका कुल परियोजनामध्ये २०३ वटा अप्रुभल रुटबाट र ७११ वटा अटोमेटिक रुटबाट दर्ता भएको विभागले जनाएको छ ।

यस्तै यस अवधिसम्म ५ हजार २४८ उद्योग दर्ता भएका छन् । यसबाट ६ खर्ब ६० अर्ब ४३ करोड ८९ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता भएको छ ।

जेठ महिनामा मात्रै १८६ परियोजना स्वीकृत भएका छन् । जसमध्ये १८३ वटा साना स्केलका उद्योग छन् भने ३ वटा मध्यम स्केलका छन् । यो महिनामा ठूला स्केलका उद्योग भने एउटा पनि स्वीकृत भएको छैन ।

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

यो अवधिमा सूचना प्रविधि क्षेत्रमा सर्वाधिक उद्योगले स्वीकृती प्राप्त गरेका छन् । यस अवधिमा सूचना प्रविधि क्षेत्रका ५७७ वटा उद्योग स्वीकृत भएका छन् ।

यस्तै विभागका अनुसार जेठ महिनामा २ अर्ब २९ करोड ५३ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X