बिहीबार, मंसिर ४,२०८२ 04:06:14
IME remit
  • बिहीबार, मंसिर ४,२०८२ 04:06:14
IME remit
Global IME Bank Limited

सिमरामा आजपनि कर्फ्यु आदेश जारी

Hyundai Nepal
सिमरामा आजपनि कर्फ्यु आदेश जारी
Shivam Cement

काठमाण्डौ । बाराको सिमरामा आजपनि कर्फ्यु लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाराले सिमरा विमानस्थल तथा जितपुर आसपासका क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको हो।  

जेनजीले युवाहरुले बुधबार जेनजी प्रदर्शनकारीमाथि कुटपिट गर्नेमाथि कारबाहीको माग गर्दै आजपनि प्रदर्शन जारी राखेसँगै प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो । सिमरा विमानस्थल तथा जीतपुर सिमरा आसपास क्षेत्रमा जेनजी युवाहरुको प्रदर्शन तथा जनधनको क्षति हुन नदिन साथै परिस्थिति थप बिग्रन नदिन आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्म  कसैले आवत जावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु लगाइएको छ ।  

Laxmi Sunrise Bank Limited
Shivam Cement
CG Motors

प्रशासनले विरगंज–पथलैया सडक खण्डको पथलैया चोक दक्षिण देखी जीतपुर लल्का पुलसम्म राजमार्गको दायाँ(बायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरि ५०० मिटरसम्म कर्फ्यु लगाइएको जनाएको छ ।  

कर्फ्यूको आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधनहरु, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधनहरु, सञ्चारकर्मीहरु, पर्यटक सवारी साधनहरु मानव अधिकार तथा कुटनीतिक नियोगका सवारी साधनहरु र हवाई टिकटको आधारमा हवाई यात्रुहरुको आवगमनमा सुरक्षाकर्मीहरुबाट सहजीकरण हुनेछ ।  

बुधबार जेनजी युवा र एमाले कार्यकर्ताबीच मुडभेड भएको थियो । एमालेका महासचिव शंकर पोखरेल र पोलिटब्युरो सदस्य महेश बस्नेत सिमरा आउने थाहा पाएपछि जेनजी युवाहरु विरोधमा उत्रेका थिए ।  

त्यसक्रममा दुवैपक्षबीच मुडभेडको अवस्था सिर्जना भएको थियो । 

Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
IME remit
Mahalaxmi Development Bank
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.