काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । संस्थाले वितरणयोग्य नाफा सञ्चित गर्ने निर्णय गरेको हो ।
असोज २८ गते बुधबार बिहान बसेको सञ्चालक समितिको बैठकले २०८३ असार मसान्तमा कायम वितरणयोग्य मुनाफालाई सञ्चित गरी उक्त आर्थिक वर्षका लागि लाभांश नदिने निर्णय गरेको संस्थाले नेपाल स्टक एक्सचेञ्जलाई पठाएको सूचनामा उल्लेख छ ।
बैठकले आर्थिक वर्ष २०८२/८३ को वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा सम्बन्धित अनुसूचीहरू पनि स्वीकृत गरेको छ । वार्षिक वित्तीय विवरण साधारणसभा प्रयोजनका लागि प्रकाशन गर्न नेपाल राष्ट्र बैंकसमक्ष स्वीकृतिका लागि पेस गर्ने निर्णयसमेत भएको छ ।
राष्ट्र बैंकको स्वीकृतिपछि वित्तीय विवरण प्रकाशन गरिने र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि लागू हुने संस्थाले जनाएको छ ।



प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।