स्वाभिमान लघुवित्तको नाफामा ८१९.०४% को उछाल, लाभांश क्षमता ३९.३२%
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवको चौथो त्रैमाससम्म ७ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ८१९.०४ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ७८ लाख ७२ हजार रुपैयाँ नाफा कमाएको थियो । यो अवधिमा संस्थाको खुद ब्याज आम्दानी ८६.४३ प्रतिशतले बढेको छ । चौथो त्रैमाससम्म संस्थाले २० करोड ५० लाख...