काठमाण्डौ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाले ऋणपत्र जारी गर्ने भएको छ ।
कम्पनीको कात्तिक २१ गते दिउँसो ३ः३० बजे बसेको सञ्चालक समितिको बैठकले रु. ५० करोडको ऋणपत्र जारी गर्ने निर्णय गरेको हो ।
कम्पनीले सुरक्षण नराखिएको सहायक आवधिक ऋणपत्र ८ प्रतिशत ब्याजदर कायम गरी ऋणपत्र जारीको निर्णय गरेको कम्पनी सचिव चन्द्रमणि चौलागाईले जानकारी दिए ।


