लक्ष्मी सनराइज बैंकले ऋणपत्र निष्कासन गर्ने, बोर्डसँग माग्यो अनुमति
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडले ऋणपत्र निष्कासनको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ । बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘ लक्ष्मी सनराइज डिबेञ्चर २०९२’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै कात्तिक २५ गते आवेदन दिएको हो ।

