बुधबार, श्रावण ७,२०८२ 12:35:15
  • बुधबार, श्रावण ७,२०८२ 12:35:15
Global IME Bank Limited

आईसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

Hyundai Nepal
आईसिएफसि फाइनान्सले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
Shivam Cement

काठमाण्डौ । आईसिएफसि फाइनान्स लिमिटेडले ३० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । कम्पनीले ९% आईसिएफसि फाइनान्स डिबेञ्चर—२०८८’ नामक ऋणपत्र निष्काशन गर्ने भएको हो ।  

कम्पनीले ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकको रूपमा कुमारी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । कम्पनीको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रमका बीच दुई पक्षले समझदारी गरेका छन् । उक्त सम्झौतापत्रमा आईसिएफसि फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्त र कुमारी क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

Muktinath Bikas Bank Limited

नेपाल धितोपत्र बोर्ड, कम्पनी रजिष्ट्रारको कार्यालय लगायतका सम्पूर्ण नियामक निकायको स्वीकृतीपश्चात् ऋणपत्र निष्काशन गरिने कम्पनीले जनाएको छ ।

कम्पनीले २१ शाखा, १ एक्स्टेन्सन काउन्टरका साथै २१ वटा एटीएममार्फत आफ्नो सेवा प्रदान गर्दै आईरहेको छ ।

Nepal Investment Mega Bank Limited
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.