बुधबार, आश्विन २८,२०८३ 11:46:36
Bizshala
  • बुधबार, आश्विन २८,२०८३ 11:46:36
Bizshala
Global IME Bank Limited

एभरेष्ट बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन

Bizshala
एभरेष्ट बैंकको ऋणपत्र खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । बैंकले गत फागुन १८ गतेदेखि ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्कासन गरेको थियो ।  

यो ऋणपत्रको निष्कासन बन्द छिटोमा फागुन २१ गते र ढिलोमा चैत ३ गते बैंकिङ समयपछि हुने जनाइएको थियो । माग बमोजिम आवेदन नपरेकाले आवेदन दिने समयावधि लम्ब्याइदै चैत ३ गतेसम्म थप गरिएको थियो । तर यो अवधिमा मागभन्दा बढी आवेदन परेकाले आज यो ऋणपत्रको निष्कासन तथा बिक्री बन्द गर्न लागिएको हो ।  

Shivam Cement
Mahalaxmi Development Bank
Garima Development Bank

बैंकले १ हजार रुपैयाँ अंकित दरका कुल ३० लाख कित्ता भएको १० वर्षे अवधिको ‘‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’नामक ऋणपत्र निष्कासन गरेको छ ।  

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । सार्वजनिक निष्कासनमध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्टाइएको छ ।  

१० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६/६ महिनाको अवधिमा हुनेछ । यो ऋणपत्रमा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सकिनेछ।  

CG Motors
Bizshala
Muktinath Bikas Bank Limited

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतममा १२ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । बैंकले ऋणपत्र निष्कासनका लागि गत माघ १५ गते नेपाल धितोपत्र बोर्ड९सेबोन०बाट स्वीकृती पाएको थियो । 

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.