काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि माघ १५ गते स्वीकृती पाएको हो ।
सेबोनले कम्पनीलाई रु.१ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।
कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।
बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।