सोमबार, असार १५,२०८३ 01:01:16
Bizshala
  • सोमबार, असार १५,२०८३ 01:01:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्न एभरेष्ट बैंकले पायो अनुमति

Laxmi Sunrise Bank Limited
रु. ३ अर्बको ऋणपत्र निष्कासन गर्न एभरेष्ट बैंकले पायो अनुमति

काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडले नेपाल धितोपत्र बोर्ड(सेबोन)बाट ऋणपत्र निष्कासनको अनुमति पाएको छ । बैंकले सेबोनबाट ऋणपत्र निष्कासनका लागि माघ १५ गते स्वीकृती पाएको हो ।  

सेबोनले कम्पनीलाई रु.१ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘७.५० प्रतिशत एभरेष्ट बैंक डिबेञ्चर—२०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति दिएको छ ।  

New Office
CG Motors
Garima Development Bank

कुल निष्कासनमध्ये ४० प्रतिशत अर्थात १ अर्ब २० करोडबराबरको १२ लाख युनिट सर्वसाधारणलाई र बाँकी ६० प्रतिशत १ अर्ब ८० करोड बराबरको १८ लाख युनिट व्यक्तिगत तबरबाट बिक्री गरिने बैंकले जनाएको छ । १० वर्ष अवधिको उक्त ऋणपत्रमा वार्षिक ७.५ प्रतिशत दरले ब्याज भुक्तानी अर्धवार्षिक रुपले ६÷६ महिनाको अवधिमा हुनेछ ।  

बैंकको ऋणपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ । 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.