काठमाण्डौ । प्राइम कमर्सियल बैंक लिमिटेडले ऋणपत्र निष्कासनको प्रक्रिया अघि बढाएको छ । बैंकले ऋणपत्र निष्कासको अनुमति माग गर्दै नेपाल धितोपत्र बोर्ड(सेबोन)मा आवेदन दिएको छ ।
बैंकले १ हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता भएको ‘८% प्राइम डिबेञ्चर २०९१’ नामक ऋणपत्र निष्कासनको अनुमति माग गर्दै साउन २ गते आवेदन दिएको हो ।
कुल निष्कासमध्ये ६० प्रतिशत अर्थात १८ लाख कित्ताले हुने रकम रु.१ अर्ब ८० करोड ऋणपूँजी व्यक्तिगत तवरबाट र बाँकी ४० प्रतिशत अर्थात १२ लाख कित्ताले हुन आउने रकम रु.१ अर्ब २० करोड ऋणपूँजी (सो मध्ये ५ प्रतिशत अर्थात ६० हजार कित्ता ऋणपत्र सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको समेत) सर्वसाधारणमा सार्वजनिक निष्कासन गरिनेछ ।
बैंकले ऋणपत्र निष्कासनका लागि सानिमा क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकका साथै डिबेञ्चर ट्रष्टीको रुपमा नियुक्त गरेको छ ।