सर्वसाधारणका लागि प्राइम कमर्सियल बैंकको ५ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । प्राइम कमर्सियल बैंकले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको सेयर आजदेखि लिलामीमा राखेको छ । बैंकले ५ लाख ५ हजार १८६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल माध्यमबाट बिक्रीमा राखेको हो । यो सेयरका खरिदका लागि जो कोहि व्यक्ति,संघसंस्था वा कम्पनीले बोलपत्र आवेदन पेश गर्न सक्नेछन् । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ ।