शुक्रबार, असार १३,२०८२ 06:58:26
  • शुक्रबार, असार १३,२०८२ 06:58:26
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक

Hyundai Nepal
प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक
Nabil Bank Limited

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकको  खुद नाफा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ थियो ।  

समीक्षा अवधिसम्म बैंकको वितरणययोग्य मुनाफामा पनि सुधार देखिएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा वितरणयोग्य मुनाफा वृद्धि भएको छ । अघिल्लो आवमा ४१ लाख ५ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर ६ करोड ४१ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।  

 

CG Motors
Muktinath Bikas Bank Limited

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५८ करोड ३१ लाख बाट घटेर २८ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।  

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपातमा भने वृद्धि देखिएको छ । अघिल्लो आवमा २.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.०७ प्रतिशत पुगेको छ । यस्तै बैंकको कर्जा निक्षेप अनुपात ८८.८९ प्रतिशतबाट घटेर ८३.९२ प्रतिशतमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएको छ । यो अवधिमा बैंकको १३ अर्ब ७ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । अघिल्लो आवमा यो रकम ११ अर्ब २९ करोड ८० लाख रुपैयाँ थियो ।  

त्यस्तै बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँमा सीमित थियो ।  

यस क्रममा बैंकले गत वर्षको सोहि अवधिभन्दा २४.४० प्रतिशतले वृद्धि गरी mकुल निक्षेप २ खर्ब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । बैंकको कर्जा लगानी समेत १६.६८ प्रतिशतले वृद्धि भएको छ । कर्जा लगानी १ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २२.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१२.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात,९.०२ गुणा र तरलता अनुपात ३०.३६ गुणा कायम भएको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.