सोमबार, श्रावण १८,२०८३ 11:39:19
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:39:19
Bizshala
Global IME Bank Limited

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक

प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३% ले वृद्धि,अन्य सूचकको अवस्था पनि सन्तोषजनक
New Office

काठमाण्डौ । प्राइम कमर्सियल बैंकको खुद मुनाफा ३२.१३ प्रतिशतले बढेको छ । बैंकले आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार बैंकले समीक्षा अवधिसम्म २ अर्ब १८ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म बैंकको  खुद नाफा १ अर्ब ६५ करोड २० लाख रुपैयाँ थियो ।  

समीक्षा अवधिसम्म बैंकको वितरणययोग्य मुनाफामा पनि सुधार देखिएको छ । बैंकको इम्पेयरमेन्ट चार्ज घट्दा वितरणयोग्य मुनाफा वृद्धि भएको छ । अघिल्लो आवमा ४१ लाख ५ हजार रुपैयाँ रहेको बैंकको वितरणयोग्य मुनाफा बढेर ६ करोड ४१ लाख ४९ हजार रुपैयाँ पुगेको छ ।  

 

यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५८ करोड ३१ लाख बाट घटेर २८ करोड ११ लाख रुपैयाँमा सीमित भएको छ ।  

दोस्रो त्रैमाससम्म बैंकको खराब कर्जा अनुपातमा भने वृद्धि देखिएको छ । अघिल्लो आवमा २.८१ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ४.०७ प्रतिशत पुगेको छ । यस्तै बैंकको कर्जा निक्षेप अनुपात ८८.८९ प्रतिशतबाट घटेर ८३.९२ प्रतिशतमा सीमित भएको छ ।  

समीक्षा अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा वृद्धि भएको छ । यो अवधिमा बैंकको १३ अर्ब ७ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ । अघिल्लो आवमा यो रकम ११ अर्ब २९ करोड ८० लाख रुपैयाँ थियो ।  

त्यस्तै बैंकको सञ्चालन मुनाफा ४ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । जुन अघिल्लो आवको सोहि अवधिमा ३ अर्ब ६९ करोड रुपैयाँमा सीमित थियो ।  

यस क्रममा बैंकले गत वर्षको सोहि अवधिभन्दा २४.४० प्रतिशतले वृद्धि गरी mकुल निक्षेप २ खर्ब ९ अर्ब रुपैयाँ संकलन गरेको छ । बैंकको कर्जा लगानी समेत १६.६८ प्रतिशतले वृद्धि भएको छ । कर्जा लगानी १ खर्ब ८३ अर्ब रुपैयाँ पुगेको छ ।  

समीक्षा अवधिसम्म बैंकको प्रतिसेयर आम्दानी २२.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३१२.३० रुपैयाँ,मूल्य आम्दानी अनुपात,९.०२ गुणा र तरलता अनुपात ३०.३६ गुणा कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.