काठमाण्डौ । प्राइम कमर्सियल बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार तथा राहात कोषका लागि रु. ३१ लाख रुपैयाँ सहयोग गरेको छ ।
आज एक समारोहका बीच बैंकका सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंकको तर्फबाट रु. ३१ लाखको चेक हस्तान्तरण गरेका हुन् ।
बैंकले यो रकम अनपेक्षित रुपमा आएको विध्वंशकारी बाढीपहिरोबाट पीडित भएकाहरुको उद्धार, राहात तथा पुनस्र्थापनामा सहयोग पुगोस् भन्ने उद्देश्यले हस्तान्तरण गरेको बैंकले जनाएको छ ।
सहयोग हस्तान्तरण समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत सञ्जिव मानन्धर, सञ्चालक तथा उच्च अधिकारीहरुको समेत सहभागिता रहेको थियो ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।